शशिशेखर घिमिरे ।

पछिल्लो समय सहर बजारमा साजसज्जा र सुविधायुक्त क्याफे खुल्ने क्रम ह्वात्तै बढेको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा खुलेका ती क्याफेहरूले राम्रो कमाइ मात्रै गरेका छैनन् धेरै युवायुवतीलाई रोजगारी पनि दिएका छन्। यस खाले क्याफेहरू पच्चीस, तीस लाख लगानी सम्ममा (एक्लै वा पाट्नरसीपमा) खोल्न सकिने सञ्चालकहरुकाे भनाइ छ।

आज हामीले तेस्तै क्याफेहरू माझ ललितपुरको कुमारीपाटीमा रहेको ‘क्याफे लुजा’ को कथा खाेत्लदै छाैँ। कुमारीपाटीको महालक्ष्मी रोडमा रहेको यस ‘क्याफे लुजा’ ब्लुबर्ड कलेजको ठ्याक्कै अगाडि रहेको छ। जुन झण्डै तीस लाख लगानीमा सञ्चालनमा आएकाे हाे।

ललितपुर महानगरपालिकाको वार्ड-५ मा रहेको ‘क्याफे लुजा’ २०७४ सालको बुद्धजयन्तीको दिन देखि सञ्चालनमा आएको सञ्चालक दिनेश श्रेष्ठले बताए। “अब आफ्नै बुत्तामा केही गर्नु पर्छ भनेर परिवारसितकाे सरसल्लाहमा यो व्यवसायमा हात हालेका हौं,” श्रेष्ठले सुनाए।

क्याफेमा हात हाल्नु अघि महर्जन टेलिभिजनमा काम गर्थेँक्यामेराको लेन्स सँग खेल्थे।

तेहिबीच धेरैको जिन्दगीमा आएको आर्थिक र सामाजिक परिवर्तनलाई नजिकबाट नियाले। “एक दिन म स्टुडियाेमा एक व्यवसायिक अन्तर्वाता लाइभ प्रसारणमा थिँए, तेही बेला उनले भनेको कुरा सुनेर म एकदम प्रभावीत भए, तेसपछि अर्काको काम गरेर धेरै समय खेर फाल्नु हुन्न भन्ने लाग्यो, अनि क्याफे सञ्चालनमा लागेको हुँ,” श्रेष्ठले व्यवसाय थालनीका ती दिनहरू सुनाउँदै गए।

दिनेश र उनको परिवारले चलाएको व्यवसायमा यतिखेर ५ जनाले प्रत्यक्ष र आशिँक रोजगारी पाएका छन्। श्रीमती विद्यालक्ष्मी श्रेष्ठको साथ उतिकै रहेको छ। सालाेभाइले दिने गरेको आँटलाई उनले एउटा आकार दिने प्रयत्न अनुसार पैसाको जोरजाम पारे।

तेही सल्लाह सुझाब र मेरो र परिवारको आँट नै क्याफे आज यो अवस्थामा आइ पुगेको छ, उनले बडो गम्भीर हुँदै भने। ‘क्याफे लुजा’ मा साथीभाइ जमघट देखि वर्थ डे सेलिब्रेसन सम्म हुने गरेको छ। पहिला पहिलाका दिनहरूमा दैनिक जस्तो वर्थ डे सेलिब्रेसन हुने गरे पनि यी दिनहरूमा हप्तामा २, ३ वटासम्म हुने गरेको छ। थालनीका केही वर्षको ब्यापार र ग्राहकले हौसिएका दिनेशको खुसी बिस्तार कोभिडको सुरुवात सङै कम हुँदै गयो। तर आशा मरेको छैन।

ती दिनहरू फेरि पनि फर्केर आउने पर्खाइमा छन् उनी। “कोभिडको समयमा त रुनु न हाँस्नुको अवस्था भयो। आफ्ना कामदारहरुलाइ घर पठाएर पनि तलब दिइरहनु पर्ने, सटर बन्द गरेर भाँडा तिरिरह्नुपर्ने,” उनले सुनाए।

कोभीडको समय भौतिक दुरि कायम राखेर व्यवसाय चल्न दिइएको बेला दिनेसले महिनौंसम्म सवारीसाधन नचल्दा बाइकमा कामदार ल्याय, लगे। तर आँट गरेर काम थालिसके पछि हरेस खानु हुन्न भनेर क्याफे निरन्तर संचालन गरेकै कारण आज राम्रै चल्दै गएको उनले सुनाए।

कोभिड अघिसम्म दैनिक २० देखि २५ हजार सम्म ब्यापार हुने गरेको थियो। तर आजकाल सो अनुसारको ब्यापर नभएपनि व्यापार सन्तोषजनक नै रहेको दिनेश बताँउछन। “भाडा तीर्न, कर्मचारी खर्च, देखि पारिवारिक खर्च, ऋणकाे ब्याज धानिरहेको छ, उनले सुनाए। “हैन कोभिडको मारपछि यहाँ दायाँबायाँका धेरै क्याफे र रेस्टुरेन्टहरु केही बन्द भए, केहीले छाडेर हिडे। अर्को कुरा के पनि हुँदो रहेछ भने कम्पीटिटर धेरै भयो भने व्यापारमा प्रतिस्पर्धा हुदोरहेछ,” दिनेशले दायाँ बायाँकाहरुले छोडेर गएपछि बिस्तारै ब्यापारमा समेत असर पर्दोरहेछ भनेर बुझ्न थालेका छन्।

आफुले क्याफे सुरु गर्नु समयताका सञ्चालनमा रहेका आसपासका अफिसहरु बिस्तारै सर्न थाले पछि केही मारमा परेको उनले बताए। ती सबका बाबजुद पनि ‘क्याफे लुजा’ ले शहरको ब्यस्त दैनिकीमा आफ्नो भोकलाई मेट्न चाहने जोकोहीलाई सेवा दिदै आएको छ। “हाइजेनिक (स्वास्थ्यकर) खानाको लागी जोसुकै आउन सक्नुहुन्छ, मुल्य तेति धेरै महँगो पनि हैन, सस्तो पनि हैन,” दिनेशले सुनाए।

क्याफेले कफीका साथै पिज्जा, बर्गर लगाएत मम:का विभिन्न आइटमका साथै अन्य फास्टफुड ग्राहकको रोजाइ अनुसार शान्त वातावरणमा सेवा दिदै आएको छ। “हामीले शान्त वातावरणको भाइब क्रियट गरेका छौ, हाम्रा कस्टमर रिपिट हुनुहुन्छ, तेहि हो, उहाँहरुले स्वादको तारिफ गर्नु हुन्छ, फुड नै हो,” दिनेश सुनाँउछन्।

खास घर काभ्रेको मण्डन देउपुर नगरपालिकाको -२ नम्बर वार्डमा छ उनको। सानै देखि नगरकोट क्षेत्रमा रहेका होटल र ती ठाउँमा हुने पर्यटकिय गतिविधि नियाल्ने मौका पाए। तेसकै धेर-थोर प्रभाव पनि हुन सक्छ, सानै देखि यही क्षेत्रमा केही गर्ने भित्री इच्छा नै नभएपनि कताकता यसैमा आइपुगियाे।

आफ्नै व्यवसायमा रमाउन पाउँदा भने खुसी छन उनी। क्याफेमा दिनेशको पुरै समय बित्छ। संगै व्यवसायलाई स्थापित बनाउन बडो मिहिनेत गरेर लागीपरेका छन् श्रेष्ठ दम्पती।

बिहान सबेरै खुल्ने क्याफेले राति अबेरसम्म सेवा दिदै आइरहेको छ।

पछिल्लो समय देखिएको तरलता अभावको कारण रेस्टुरेन्ट, क्याफेहरुमा समेत असर देखिन थालेको व्यावसायी बताँउछन्। “व्यवसायमा धेरैथोर असर गर्न थालेको छ। जस्तो सहर बजारमा किनमेल गर्न आउने मानिसको संख्या नै घटेपछि केही खाउन त भनेर छिर्नेहरु छैनन्,” दिनेशले मुलुकमा व्याप्त तरलता अभाबले आफुहरुमाथी परेको असरलाइ यसरी बुजाउन खोजे।

एकसाथ ३० जना ग्राहकहरुलाइ लुजा क्याफेले सेवा दिन सक्ने समार्थ्य राख्छ।

व्यवसाय संचालनकाे एकाध बर्षमै पाइला-पाइलामा खेप्न परेको दर्जनौ समस्या दिनेशले स‌ँगालेका छन्। घरि ग्यास नपाउनुको पीडा, घरि पेट्रोलियम पदार्थको अभाव झेल्न परेको सुनाए। “तपाईंको अहिले पनि खाने तेलको अभाब छ, कालो बजारी उस्तै छ, महँगिको के कुरा?” दु:खको कुरा ब्यबसायी पाइलै पिछे समस्यामा पर्न बाध्य छाैँ।

“व्यवसाय कर, प्यान, घरभाडा तरेपछि फेरि घर भाडा कर के को? ” उनले महानगरपालिकालाइ प्रश्न तेर्साए। फोहोर कर समेत तीर्नु पर्ने, तर समयमा कहिले फोहोर नउठ्ने सम्स्याबाट आजित रहेको उनले सुनाए। “हामीले एनजीओहरुलाई मासिक दुई हजार तिरेर फोहोर पठाउनु पर्छ, धारो छ ट्यान्कारको पानी किनेर चलाउन पर्छ।”

विदेशमा साथीभाइले चलाएकाे व्यवसायमा नजिकका आफन्त र साथीभाइ नै पुगेर हाैसला दिने गरेपनि नेपालमा त्यस्ताे वातावरणकाे कमि रहेकाे उनकाे तीताे अनुभव बाेल्छ। “तर नेपालमा मै‌ले त्यस्ताे पाइन्,” उनले चार वर्षे व्यवसाय थालनीकाे विर्सनलायक क्षणलाई सम्झे‍।

जे भएपनि स्वदेशमा नै केही गर्छु भनेर लागीपरेका दिनेश जस्ता व्यवसायीले सहज किसिमले व्यापार व्यावसाय गरेर खाने आधार बनिरहाेस् यही कामना। 

Visa Travels