मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन

नेपालीहरुकाे भरपर्दाे राेजगार गन्तव्यकाे रुपमा रहेकाे मलेसियामा करिब ५ लाख नयाँ विदेशी कामदार भर्नाका लागि रोजगारदाताबाट आवेदन परेको जनाइएकाे छ। कोरोना भाइरस संक्रमण मत्थर हुँदै गएपछि आर्थिक र सामाजिक गतिविधि चलायमान हुन थालेसँगै मलेसियाले कोरोना भाइरस संक्रमण देखिनु अघि जसरी नै विदेशी कामदार ल्याउन थालेको हाे।

आगामी मे महिनादेखि मलेसियाका प्रधानमन्त्रीले सबै कामदारको न्यूनतम तलब १५ सय रिँगेट हुने घोषणा गरिसकेकाे अवस्थामा मलेसिया धेरै कामदारहरुकाे आक्रर्षक राेजगारकाे गन्तव्यकाे रुपमा स्थापीत हुँदै गएकाे छ। त्यसाे त कतिपय बहुराष्ट्रिय कम्पनीहरूले पनि अप्रिलदेखि नै न्यूनतम तलब १६ सय रिँगेट दिन थालेबाट पनि मलेसिया धेरै मानिसहरुकाे राेजाइकाे गन्तव्यमा पर्न थालेकाे बताइन्छ।

ads

फ्रि मलेसिया टुडे अनलाइनका अनुसार अप्रिल पहिलो तारेखसम्म मलेसियाको मानव संशाधन मन्त्रालयमा ४ लाख ७५ हजार  ६ सय ७८ जना विदेशी कामदार भर्नाको अनुमति माग गर्दै आवेदन परेको छ ।

मानव संशाधन मन्त्री एम साराभानन्ले सबैभन्दा बढी २ लाख ९० हजार २ सय ४८ जना निर्माण क्षेत्रमा, ७७ हजार सेवा क्षेत्रमा, ५३ हजार ८ सय ५४ प्लान्टेशन क्षेत्रमा, ४३ हजार ५ सय १९ कन्स्ट्रक्सनमा, ११ हजार ३७ जना कृषि र २२ जना माइनिङ अर्थात् खानीका लागि आवेदन परेको बताएका छन् ।

Visa Travels