साउदी अरब पुगेका २१ नेपाली कामबाट निकालीए, न पाए तोकिएको तलब न सेवा सुविधा

साउदी अरब पुगेका २१ नेपालीलाई कम्पनीले तोकिएको सेवा सुविधा नदिएपछि अलपत्र परेका छन्। म्यानपावरसँग राम्रो काम र पारिश्रमिकको सम्झौता गरेर ६ महिना अघि साउदी पुगेका उनीहरूले तोकिएको तलब र सुबिधा त पाएनन् नै कम्पनीबाट समेत निकालिन बाध्य हुन पर्याे।

 

ads

७ अक्टोबर २०२१ मा मार्स सर्भिस म्यानपावरले इन्टरनेसनल सामा एन्ड मेन्टेनस कम्पनीमा ति नेपाली युवाहरुलाई राेजगारकाे लागि उडाएकाे थियाे।

कम्पनीले २१ जनाकै राहदानी (पासपाेर्ट) आफूसित राखेर निकाली दिएको पीडितहरूले बताए। कम्पनीबाट निकालिनेमा सिन्धुलीका ४, काभ्रेका २, कास्कीका ३, सर्लाहीका २, तनहुँका ३, बैतडी ३, पर्वत २, हेटौंडा र पर्वतका १/१ जना छन्।

अलपत्र सिन्धुलीका विष्णु वाइबा, सन्तोष पाख्रिन, अमृत पोख्रेल र राजु भुसाल काभ्रेका तुलरीन जिम्बा र जोन घलान, कास्कीका सागर राना भाट, सुवास विक र विराट थापा, सर्लाहीका वीरबहादुर डोङ र दीपककुमार सिंह, तनहुँका बलबहादुर थापा तनहुँ, टेकबहादुर आले र खेमबहादुर थापा, बैतडीका हरिस साउद, पदम साउद र जनक मेहता, पर्वतका जनक लामिछाने र किरज कुँवर साथै हेटौंडाका पर्वत घिसिङ हेटौडा र गोरखाका वुद्धी वहादुर गुरुङ हाल नेपालीको शरणमा छन्।

उनीहरूलाई साउदीको रियाद वथामा रहेको नेपाली होटल लालीगुराँसका सञ्चालक यम तमुले नेपालीहरूसँगको सहकार्यमा खाना र बस्नको व्यवस्था गर्दै आएका छन्।

पीडितका अनुसार नेपालमा म्यानपावरले दिराममा १ हजार तलब र ३ सय ओभर टाइम दिने सम्झौता गरेको थियो। तर, कम्पनीले सुरुवातमा नै ओभरटाइमको २ सय मात्रै दिए र तीन महिनापछि ८ सय तलब र २ सय दिराम दिएर ठगेको पीडित मध्येका एक बैतडीका हरिस साउद बताउँछन्। सम्झौताअनुसार नभए काम नगर्ने र स्वदेश फर्कने बताएपछि कम्पनीले निकालिदिएको उनी बताउँछन्।

अलपत्र परेपछि दूतावास र म्यनपावरलाई जानकारी गराए पनि सहयोग र उद्धार नगरेको पीडितहरूको गुनासो छ।कामदारबाट साउदी पठाउँदा म्याननपावरले प्रतिव्यक्ति १ लाख ३० हजारदेखि १ लाख ७० हजारसम्म रकम लिएको पीडित बताउँछन्।

Visa Travels