काठमाडौं । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दश महिनाको वैदेशिक व्यापारको तथ्याङ्क हेर्ने हो भने दश महिनामा १६ खर्ब ४ अर्ब ६५ करोड २५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत आबको सोही अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख रुपैयाँ बढीको आयात भएको थियो ।

सबैभन्दा बढी वस्तु वीरगन्ज भन्सार नाकाबाट कूल आयातको ४२.१७ प्रतिश आयात भएको छ । उक्त नाकाबाट ५ खर्ब ७६ अर्ब ६० करोड १९ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ ।

त्यस्तै, विराटनगर भन्सार नाका नाकाबाट १ खर्ब ८० अर्ब ४७ करोड १२ लाख बराबरको वस्तु आयात भएको छ । यस अवधिमा तेस्रो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय रहेको छ । जसबाट एक खर्ब ८१ अर्ब ७७ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको देखिन्छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार वीरगञ्जकै सुख्खा बन्दरगाहबाट १ खर्ब ८४ अर्ब ५ करोड ५६ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । त्यस्तै, भैरहवा भन्सार नाकाबाट २ खर्ब ५० अर्ब ४४ करोड २९ लाख, रौतहटको गौर नाकाबाट एक अर्ब १९ करोड ५५ लाख, जलेश्वर भन्सारबाट ७ अर्ब ५४ करोड ४९ लाख, जनकपुर नाकाबाट ९३ करोड ३८ लाख र कैलाली भन्सारबाट २४ अर्ब ३७ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

त्यसैगरि, चालू आवको बैशाखसम्म कञ्चनपुर भन्सारबाट एक अर्ब ३६ करोड १६ लाख, कृष्ण नगर भन्सारबाट २२ अर्ब ४४ करोड ५२ लाख, महेशपुर नाकाबाट एक अर्ब २६ करोड ५ लाख, मेची भन्सारबाट ५० अर्ब १९ करोड ५लाख, नेपालगञ्ज भन्सारबाट ६१ अर्ब ५२ करोड ८१ लाख, राजविराजबाट ११ करोड ५३ लाख, रसुवागढी नाकाबाट ६७ अर्ब ६९ करोड ८४ लाख, सर्लाही भन्सारबाट ४ अर्ब ३५ लाख, तातोपानी नाकाबाट ११ अर्ब २६ करोड ८० लाख र सुथौली नाकाबाट ८ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै सती भन्सार नाकाबाट ४१ करोड ५१ लाख, सिरहा नाकाबाट ५२ करोड ६२ लाख, सुनसरी नाकाबाट ६ अर्ब २ करोड ६९ लाख, थाढी भन्सार नाकाबाट १३ करोड ५१ लाख, भद्रपुर नाकाबाट ८० करोड ६ लाख र चोभार नाकाबाट ३ करोड २६ लाख, राजविराज भन्सार नाकाबाट ११ करोड ८९ लाख र रसुवा नाकाबाट २२ अर्ब ६१ करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

 

Visa Travels