कृष्णा शर्मा
काठमाडौं। टुटल पठाओ जस्ता ‘राइड सेयरिङ’ व्यवसायले नेपालमा धेरै उतारचढाव भोगे। नेपालमा मात्र नभएर विश्वका बिभिन्न सम्पन्न मुलुकमा समेत संचालनमा आइसकेका यस्ता प्रकृतिको व्यवसायले ती देशहरुमा भने सायदै नेपालमा जस्तो अप्ठ्यारो भोगे होलान्।
विश्व अहिले नयाँ खाले अर्थतन्त्रको परिक्षणमा रहेको छ। ‘गिग इकोनोमी’ को रुपमा चर्चित हुँदै गरेको यस्तो अर्थतन्त्रमा स्थायी जागिर नखाने, उपभोग्य वस्तुहरु पनि आफैं नकिनेर भाडामै चलाउने परिपाटी विकास हुँदै गइरहेको छ। साँस्कृतिक क्षेत्रमा पनि यस्तो प्रवृत्ति विकास हुँदै गइरहेको छ, विवाह नगर्ने तर, ‘लिभ इन रिलेसन’ मा बस्ने।
निजी सम्पत्ति नराख्ने, विवाह जस्तो संस्थामा बस्न नरुचाउने परिपाटीलाई पूँजीवादी व्यवस्थाको अन्त्य हुँदै समाजवादी समाज निर्माणको पहिलो चरणको रुपमा उत्साहित हुँदै ब्याख्या गर्न थालेका छन् बामपन्थी बुद्धिजीवीहरु। र, त्यस्तो समाज निर्माणको लागि प्रविधिको विकासलाई उत्साहित हुँदै उनीहरुले पछ्याइरहेका छन्।
समाज परिर्वतनको आयामहरुलाई मिहिन ढंगले केलाएर हरेक चिन्तन प्रणालीको नेतृत्व गर्दै र त्यस्तो प्रणालीलाई धक्का दिने विभिन्न शक्तिहरुलाई गम्भिरता पूर्वक लिदैं र त्यसको जर्गेना गर्दै आएका सम्पन्न मुलुकहरुमा ‘गिग इकोनोमी’को शक्तिशाली हतियारको रुपमा उदाएका राइड सेयररिङ व्यवसायहरुले सहज रुपमा संचालन हुन पाउनु स्वभाविकै हो।
तर, भेडाहरुको बथानमा सँधै पछाडि पर्ने भेडोजस्तो हाम्रो राज्यसत्ताले समाजमा आइरहेको परिर्वतन र त्यसका विभिन्न पाटोहरुलाई मिहिन र व्यापक रुपमा बुझ्न नसक्नु र ‘झुनझुन राजा’का पालाका नियम कानुमा लपेटिएर बस्नुलाई दुखद स्वभाविकता नै मान्नु पर्ला, बामपन्थी भनिएको दलले सरकारको नेतृत्व गरेको अवस्थामा समेत !
त्यसैले होला नेपालमा टुटल पठाओ जस्ता व्यवसायले अहिले पनि राज्यसँग लडिरहेको छन्। सुखी नेपाली सम्वृद्ध नेपालको नारा बोकेको ओली सरकारले विगतमा पनि पटक पटक टुटल पठाओ जस्ता व्यवसाय माथि प्रहार गरिरह्यो। यसको मार व्यवसाय संचालन गर्नेलाई मात्र होइन टुटल पठाओ चलाएर आफ्नो घर परिवार धान्नेलाई धेरै पर्यो। र, सँगसँगै प्रविधिको माध्यमले निजी सम्पक्तिलाई निरुत्साहित गर्दै भाडामा लिने र साझा सम्पती अवधारणा नजानिँदो पाराले विकास गर्दै नेपाली संबिधानले परिकल्पना गरेको समाजवाद तर्फको यात्रालाई समेत निरन्तर अवरोध गरिनै रह्यो।
नेपालमा टुटल पठाओको अवस्था
अहिले टुटल र पठाओमा गरेर लगभग १ लाख ५० हजार राइडर आबद्ध रहेको कम्पनीहरुको दाबी छ। यतिबेला पठाओमा मात्रै १ लाख राइडर आवद्ध रहेका कम्पनीले जनाएको हो। हरेक दिन पठाओले १ लाख ५० हजार राइड र टुटलले ४० हजार राइड गर्ने समेत कम्पनीले बताउँदै आएको छ। यस्तो व्यवसायले अप्रत्यक्ष रुपमा विदेशिनेको संख्यामा कमी आएको छ।
निरन्तर राइड गर्नेहरुले मासिक रुपमा ५० हजार देखि १ लाखसम्म कमाउने गरेको चर्चा मध्यबानेश्वर स्थित पठाओको कार्यलयसंगैको चिया पसलमा सुनिइरहन्छ। तर यसका लागि भने धेरै कुरमा ध्यान दिनु पर्ने राइडरहरु बताउँछन्।
राइड सेयरिङ र रोजागारी
विदेश जान भनेर पासपोर्ट र ६० हजार रुपैयाँ दलाललाई बुझाएर बसेका गठ्ठाघरका रमेश महर्जनले ६ महिना पश्चात जसोतसो पैसा र पासपोर्ट फिर्ता लिए। दलाल कम्पनीले विदेश त पठाएन, उल्टै पैसा दिन महिनौ झुलायो। फिर्ता लिएको पैसामा केहि थप गरेर उनले टीभीएस एनटर्क स्कुटर खरिद गरे।
पठाओको अफिस गएर आफु राइडर बने। ‘सुरु–सुरुमा रमाइलो पनि खुबै भयो’, खुसि हुँदै उनले सुनाए।
स्कुटर किनेर गल्ती गरेको महशुस उनलाई त्यत्तिबेला लाग्यो जब जिउ दुख्न थाल्यो। उनी फुलटाइम राइडर भएका कारण स्कुटरमा राइड गर्न गाह्रो भयो। ‘स्कुटरले अलि माइलेज पनि कम दिने रहेछ। स्कुटर त व्यक्तिगत प्रयोगको लागि मात्र राम्रो रहेछ’, उनी भन्छन्।
एक महिना पश्चात उनले टीभीएसकै स्ट्राइकर १२५ सँग एनटर्क स्कुटर एक्सचेन्ज गरे। टीभीएसले सहजै आफ्नो स्कुटरसँग मोटरसाइल एक्सचेन्ज गरिदियो। उनलाई कम्पनीको व्यवहार समेत मन परेको रहेछ। अहिले उनी अरु साथीलाई समेत टीभीएस स्ट्राइक किन्न सुझाव दिन्छन्। फुलटाइम गर्नेलाई टीभीएस स्ट्राइकर उत्कृष्ट मोटरसाइकल रहेछ। यसको माइलेज, पावर, सस्पेन्सन तथा यसको ह्याण्डल एकदमै सजिलो लागेको उनको भनाई छ।
‘पठाओ राइडर भएपछि राम्रो बाटोमा मात्र चलाउँछु भनेर भएन ग्राकहले भनेको ठाँउमा जानै पर्यो। यसको पिक अप पनि राम्रो रहेछ। माइलेज पनि ५० किलोमिटर जति दिइरहेको छ। अहिले त नयाँ पनि छ’, उनले थपे।
सिट पनि आरमदायी रहेको र ग्राकहले पनि हाँस्दै पछाडी बस्न सहज भएको बताउने गरेको उनी सुनाउँछन्।
उनी अहिले विदेश जान नपाएकोमा दुःखी छैनन्। पठाओमा काम गरेर उनी खुसी भएको बताउँछन्। ‘नयाँ नयाँ ठाउँ पुगिन्छ। काठमाडौं मै बसेर पनि कति नपुगेको ठाउँहरु अहिले पुगिन्छ। नयाँ मान्छेसँग चिनजान हुन्छ’, उनी सुनाउँछन्।
उनले आफ्नो रेगुलर ग्राहकहरु पनि धेरै रहेको बताए। तर जाडो बढेसँगै उनको कमाई अलि घट्ने गरेको छ। गर्मीमा भने मानिसहरु बढि मोटरसाइकल चढ्न रुचाउने भएका कारण उनको व्यवसाय बढ्ने रहेछ। ऋब गर्मी बढ््दै गएको हुँदा यस समयमा भने मासिक ५० हजार रुपैयाँ जोखाउने उनको लक्ष्य छ।