चीनमा दुई वर्षपछि नियमित उडान गर्दै हिमालय एयरलाइन्स

काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले दुई वर्षपछि चीनतर्फ नियमित उडान सुरु गर्ने भएको छ। जेठ १७ (मे ३१) देखि चीनका लागि उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ।

दुई वर्षपछि चीनमा व्यवसायिक यात्रु उडान गर्न लागेका हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले बताएका छन्। यससँगै हवाई यातायात बन्द भएको लामो समयसम्म दुई मुलुकमा रहेका यात्रुका लागि आउजाउमा सहज हुने कम्पनीको विश्वास छ। कम्पनीले साताको एक दिन मंगलबार काठमाडौं–कुनमिङ उडान गर्नेछ। कम्पनीले यो गन्तव्यका लागि तीन दिन अघिदेखि बुकिङ सुरु गरेको थियो। यो उडानका लागि तीनवटा तालिकाका टिकट सबै बिक्री भइसकेको श्रेष्ठले बताए।

ads

उनका अनुसार चिनियाँ सरकारले हवाई यात्रुका लागि चार रात पाँच दिनको क्वारेन्टिन अनिवार्य गरेको छ। कम्पनीले यो गन्तव्यका लागि एयर बस ३२० ‘न्यारोबडी जहाज’ प्रयोग गर्ने उनले जानकारी दिए।

कम्पनीले दुई वर्ष अगाडि बेइजिङ, चोङचिङ, चाङ्सा, नानिङ, गोयाङ लगायत चीनको पाँच शहरमा नियमित यात्रुवाहक उडान गर्दै आएको थियो। कुनमिङमा भने पहिलोपटक नियमित उडान गर्न लागेको हो। कम्पनीले कोभिड अवधिभर चीनमा कार्गो चार्टर उडान गर्दै आएको थियो। अहिले पनि कुनमिङ बाहेकका गन्तव्यमा कम्पनीले कार्गो चार्टर उडान गर्दै आएको छ।

Visa Travels