काभ्रेमा भारतीय पर्यटक बोकेको गाडी र जिप ठाेक्किएर पाँच जनाको मृत्यु भएको छ। आज मध्यान्ह १२:१५ बजे भारतीय यात्रु बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं आइरहेको यात्रुबहाक जिप काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ स्थित बढुवेशीमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।
‘पाँच वर्षका एक बालकसहित पाँच जनाको मृत्यु भएको र १८ जना घाइते भएकाे उनले बताए।
युपी ५८ टी ८१८१ नम्बरको गाडी र ना १ ज ४२१० नम्बरको जिप ठक्कर खाएको थियो। दुर्घटनामा तीन यात्रुको अवस्था गम्भीर छ। घाइतेलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएकाे बताइएकाे छ।
मृत्यु हुनेहरूको पहिचान खुलेको छैन। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।