वडा नम्बर २५ र २७ मा स्थापितले लिए अग्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणना सुरु भएदेखि नै अग्रता लिएका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह पछिल्लो पटक गणना भएका दुईवटा वडामा भने पछि परेका छन्। शाह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछाडि परेका हुन्।

शुक्रबार दिउँसो २ बजेपछि सार्वजनिक भएको मत परिणामअनुसार उनी वडा नम्बर २५ र २७ मा स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका हुन्।

ads

वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाएका छन्। यस्तै उनले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत ल्याएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवार साहलाई पछाडि पारेकी छन्।

Visa Travels