रिलायन्स लाइफ र उद्यमशिलता बहुउद्देश्यीयबीच सम्झौता

काठमाडौं। रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्थाबीच सम्झौता भएको छ। दुुई कम्पनीबीच सहकारी संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यको म्यादी जीवन बीमा गर्नका लागि सम्झौता भएको हो।

सरल तथा सहज बीमाका लागि भरपर्दाे बीमा कम्पनीका रुपमा परिचित रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल र उद्यमशिलता बहुउद्देश्यीय सहकारी संस्था लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत जीवन खनालले सम्झौतामा हस्ताक्षर गरेका छन्।

ads

बनस्थली, काठमाडौंमा मुख्य कार्यालय रहेको प्रादेशिक स्तरको यस सहकारी संस्थाले विपन्न वर्गका ग्राहक सदस्यहरुमा उद्यमशिलता विकास गर्नका लागि विना भेदभाव “सबैका लागि, सधैका लागि” भन्ने मुलमन्त्रका साथ लघुवित्त कार्यक्रम संचालन गरिरहेको छ।

Visa Travels