ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ। साउन १३ देखि देशभरका सबै अधिकृत मी स्टोरहरुमा उपलब्ध रहेको फोनमा १३ एमपी मेन क्यामेरा र २ एमपी देप्थ क्यामेरा सेन्सर प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न मद्दत गर्दछ। रेड्मी १०ए मा पावर अपका लागि MediaTek Helio G25 प्रोसेसर जडित छ। यसमा लामो समयसम्म चल्ने ५,००० एमएच ब्याट्री जडित छ।
लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरु स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ। क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारका साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ। रेड्मी १०ए १३ साउनदेखि देशभरका सबै अधिकृत मी स्टोरहरुमा उपलब्ध छ।’
रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रंगहरुमा उपलब्ध छ । यो फोन २जीबी+३२जीबी र ३जीबी+६४जीबी स्टोरेज भेरियन्टमा आउँदछ। जसको मूल्य क्रमशः रु. १३ हजार ९९९ र रु. १५ हजार ९९९ रहेको छ।