मनकामना केबलकार प्रविधिक स्तरोन्नति गर्ने प्रयोजनको लागि केही समय बन्द हुने भएको छ । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्नको लागि यही साउन २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि केबलकार सेवा बन्द हुने भएको हो ।

यसपछि नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार हुने कम्पनीको भनाइ । स्तरोन्नति कार्य करिब पाँच देखि छ हप्तामा सम्पन्न हुने छ ।

Visa Travels