पहिलोपटक चन्द्रागिरी हिल्स नाफा, आम्दानी ६६ करोड माथि

chandragiri hills

चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय विवरण अनुसार कम्पनीको पहिलो नाफामा जान साफल भएको छ । यस त्रैमास सम्ममा कम्पनीले २ करोड ५५ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष २७ करोड २६ लाख नोक्सानीमा थियो ।

ads

यस अवधिमा बिक्री आय (संचालन आम्दानी) ६६ करोड ९८ लाख रहेको छ भने गत वर्ष २२ करोड २१ लाख रहेको छ । यस चुलनाको अवधिमा २०१.८० प्रतिशतको बृद्धि भएको छ । अन्य आम्दानी ५७ लाख ४३ हजार रहको छ। आम्दानीमा उल्लेख्य बृद्धि भए पछि कम्पनी नाफामा जान सफल भएको हो ।

हाज यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३९ करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

कम्पनीको प्रति सेयर आम्दानी १।६७ रुपैयाँ रहेको छ । गत वर्ष १७।७८ ऋणात्मक रहेको थियो ।

Visa Travels