इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई जारी गरेको हो । निष्काशन बन्द छिटोमा भदौ २१ गते हुनेछ भने उक्त समयावधिमा सबै बिक्री नभएमा असोज ५ गतेसम्म खुला हुनेछ ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि १० प्रतिशत अर्थात ६ लाख २० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। यस आइपिओमा आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दाका निमित्त निष्काशन गरिएको छ ।
निम्न स्थानबाट दरखास्ता फारम प्राप्त गर्न तथा बुझाउने सकिनेछ ।
यसआईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ता लागि आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीयहरु र तीनका शाखा कार्यालयका साथै बिक्री प्रबन्धकले तोकेको स्थानहरुबाट आवेदन दिन सकिनेछ । एनएमबि बैंक, भोजपुर शाखा, ग्लोबल आइएमई बैंक, भोजपुर शाखा, प्रभु बैंक, भोजपुर शाखा, हतुवागयी शाखा र लक्ष्मी बैंक, भोजपुर शाखाबाट समेत आवेदन दिन सकिनेछ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । कियर रेटिङ्ग नेपाले यस आइपिओलाई बि प्लास रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनी परिचयः
इष्टर्न हाइड्रोपावर लिमिटेडले कम्पनी अध्यादेश २०६२ अन्तर्गत २०६२ पौष ६ गते प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएको कम्पनी हो । पछि २०७४ साउन १८ गते पब्लिक लिमिटेडमा परिणत भई संचालनमा आएको कम्पनी हो । कम्पनीको रजिष्टर्ड कार्यालय,ललिपुर महानजगरपालिका वडा नं। १०, ललिपुरमा रहेको छ ।
यस कम्पनी अन्तर्गत निर्मित पिखुवा खोला साना जलविद्युत आयोजना भोजपुरजिल्लामा पर्दछ ।
आयोजना सम्बन्धि जानकारी
संस्थाले २०६७ चैत ७ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद विक्री सम्झौता गरेको छ । विद्युत उत्पादन अनुमति बहाल रहने अवधि २०९५ जेठ ७ गते सम्म रहेको छ । भोजपुर जिल्लामा पिखुवा खोला साना जलविद्युतको निर्माण कार्य भई विद्युत उत्पादन सुरु गरेको छ जसकोे क्षमता ५००० किलोवाट रहेको छ । यस आयोजनाको किसिम रन आफ रिभर हो । कम्पनीले २०७६ जेठ २७ गतेदेखि विद्युत उत्पादन गरी बिक्री गर्दै आएको छ ।
विद्युत खरिद विक्री सम्बन्धी
विद्युत खरीद विक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०६७ चैत ७ गतेमा सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम नेपाल विद्युत प्राधिकरणले ब्यापारिक उत्पादन शुरु हुने मितिदेखि हरेक महिना कम्पनीले आयोजनाबाट विद्युत शक्ति उत्पादन गरी उपलब्ध गराएको कन्ट्रयाक्ट इनर्जीको परिमाणसम्मको उर्जा खरिद वापत वर्षा याममा प्रति कि.वा. घण्टा रु.४ (चार रुपैया मात्र) र सुख्खायाममा प्रति कि.वा. घण्टा रु.७ (सात रुपैया) विद्युत खरिद दरले हुन आउने रकम कम्पनी वा दफा ३४ अनुसारको अगुवा बैंक वा वित्तीय संस्थालाई बुझाउनेछ ।
लागत सम्बन्धी वितरणः
कम्पनीको प्रक्षेपित वित्तीय विवरण अनुसार प्रति मेगावाट २६ करोड ११ लाख रहेको छ भने कुल लागत १ अर्ब ३० करोड रहेको छ । विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २३ वर्ष रहेको छ । त्यसैगरी साधारण लगानी फिर्ता हुने अवधि ९.०७ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १८.११ वर्ष रहेको छ ।
पूँजी संरचना
अधिकृत पुँजी: ६२ करोड
जारी पुँजी: ६२ करोड
चुक्तापुँजी :४९ करोड ६० लाख
संस्थापक सेयर (८०%): ४९ करोड ६० हजार
स्थानिय बासिन्दाहरु (१०%) :६ करोड २० लाख
सर्वसाधारण शेयरधनी (१०%) : ६ करोड २० लाख
संचालक समिति
यस कम्पनीको संचालक समितिमा ७ जना सदस्य रहने व्यवस्था गरेको छ । संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुहबाट १ जना र स्वतन्त्र संचालक १ रहनेछ ।
श्री धनबहादुर श्रेष्ठ यस संस्थामा अध्यक्षको रुपमा कार्यरत छन् । नेपाल सरकारको विभिन्न निकायममा रही काम गरेको अनुभव रहेको छ ।
अन्य संचालकहरु
देवराज राई
अशोक कुमार महर्जन
पुष्पराज शर्मा
शोभादेवी कर्माचार्य
शशीराज श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृतमा रोशन शाह रहेको छ भने वित्त अधिकृतमा प्रमिला निरौला रहेको छ ।
वित्तीय विवरण
आइपिओ जारी पश्चात कम्पनीको चुक्तापुँजी ६२ करोड पुग्नेछ । त्यसपछि आगामि तीन वर्षसम्म पूँजी बृद्धि नगर्ने लक्ष्य राखेको छ । जगेडाकोष अझै केही वर्ष ऋणात्मक रहेने प्रक्षेपण गरेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी भए पनि कम्पनी नोक्सानी रहेको छ । आर्थिक वर्ष २०७८–७९ बाट भने कम्पनीले नाफा जाने प्रक्षेपण गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ अनुसार कम्पनीको प्रति सेयर आम्दानी ६.८७ ऋणात्मक रहेको छ भने नेटवर्थ ७२.३३ रुपैयाँ रहेको छ । आगामी दिनमा इपीएस सकारात्मक हुने लक्ष्य राखेको छ ।
आईपीओबाट प्राप्त पुँजीको उपयोग
आइपीओ निष्काशनबाट प्राप्त रकम कर्जा भुक्तानीमा प्रयोग गर्नेछ ।