नेपाल एसबिआई, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई तुलना गरेर हेर्दा

काठमाडौं। असार मसान्त सकियसँगै बैंक तथा वित्तीय संस्थाले आर्थिक २०७८-७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । आज सम्म २१ बैंकले आफ्नो रिपोर्ट सार्वजनिक गरिसकेका छन् । रिपोर्ट प्रकाशित गर्ने बैंकहरुको समग्र वित्तीय अवस्था सन्तोषजनक देखिएको छ । पछिल्ला केहि वर्ष खासै राम्रो प्रदर्शन गर्न नसकेका नेपाल एसबिआई, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले यस पटक भने आफ्नो वित्तीय अवस्था सुधार गरेका छन् ।

तिन बैंकलाई तुलना गरेर हेर्दा एभरेष्ट बैंक नाफा, जगेडा कोष, खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ लगाएतका वित्तीय सूचकमा अगाडि रहेको छ। यस अवधिसम्ममा बैंकले २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो सँगै चार्टर्ड बैंक र एसबिआई बैंकले क्रमशः २ अर्ब २६ करोड र १ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका छन् ।

ads

चुक्ता पूँजीलाई हेर्दा नेपाल एसबिआई बैंक अगाडि रहेको छ । यसको पूँजी ९ अर्ब ८२ करोड ५८ लाख रुपैयाँ रहेको छ । त्यस्तै एभरेष्टको ९ अर्ब ४६ करोड र स्ट्याण्डर्ड चार्टर्डको ९ अर्ब ४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । एभरेष्ट बैंकले १ खर्ब ७२ अर्ब ७३ करोड रुपैयाँ निक्षप संकलान गरेको छ । नेपाल एसबिआई बैंकले १ खर्ब १९ अर्ब ७१ करोड तथा चार्टर्ड बैंकले ९३ अर्ब ७२ करोड रुपैयाँ निक्षप संकलान गरेको छ । यस हिसाबले चार्टर्ड बैंकेको निक्षप संकलन कम देखिएको छ ।

त्यस्तै, कर्जा परिचालनमा पनि एभरेष्ट बैंक अगाडि रहेको छ यसले १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टर्ड बैंकले क्रमशः १ खर्ब ५ अर्ब २७ करोड रुपैयाँ र ७९ अर्ब १७ करोड कर्जा परिचालन गरेका छन् । वितरणयोग्य मुनाफामा पनि एभरेष्ट बैंक अगाडि रहेको छ । यसको वितरण योग्य मुनाफा ३ अर्ब ८९ करोड ५४ लाख रहेको छ भने एसबिआईको १ अर्ब ४४ करोड ८८ लाख र चार्टर्ड बैंकको १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी र नेटवर्थ पनि एभरेष्ट बैंकको धेरै रहेको छ ।

नेपाल एसबिआई, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको महत्व पूर्ण वित्तीय सूचकहरुः-

Visa Travels