काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

यस त्रैमासमा कम्पनी ३ करोड ६० लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४६ लाख ८१ हजर रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सार मसान्तसम्म कम्पनीले बिद्युत बिक्रीबाट २ करोड ६२ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको यस्तो आम्दानी २ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ४० लाख ऋणात्मक रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा ऋणात्मक रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ र रमूल्य आम्दानी अनुपात ३१.७६ गुणा ऋणात्मक रहेको छ ।

कम्पनीद्वारा निर्माण गरिएको घलेम्दी ज.बि.आ (५ मे.वा.) मा पहिरो गइ असार १० गतेबाट आयोजना बन्द हुन् पुगेकोले एक महिनाको आम्दानी घट्न गएकोले घाटा देखिन गएको कम्पनीले जनाएको छ ।

Visa Travels