काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाला सुनको मूल्य ५ सय रुपैयाँ घटेर ९६ हजार ३ सय रुपैयाँले कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुन ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेको छ ।

Visa Travels