nepal banker association

काठमाडौं । भदौ महिनामा पनि वाणिज्य बैंकहरुले ब्याज दर नबढाउने भएका छन् । बैंकसै संघको आज बसेको बैठकले उक्त ब्याज नबढाउने निर्णय गरेको हो ।

‘ब्याज बढाए पनि निक्षेप बढ्ने होइन । यसकारण ब्याज नबढाउने सहमति भएको हो,’ बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले भने । तर, भदौदेखि नै संस्थागत निक्षेपको ब्याजदर भने राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको भन्दा २ प्रतिशत विन्दुले कम हुने छ ।

साधारण मुद्दति निक्षेपको ब्याज दर ११।०३ प्रतिशत रहेको छ। यसको दुई प्रतिशत कम संस्थागतलाई दिनु पर्ने हुँदा संस्थागतले ९.०३ प्रतिशत ब्याज पाउनेछन् ।

राष्ट्र बैंकको एकीकृत निर्देशिकामा संस्थागत तर्फ मुद्दति निक्षेपको ब्याजदर व्यक्तिगतभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशन दिएको थियो ।

Visa Travels