निर्जीवन बीमा कम्पनीहरुको लगानी करिब ५४ अर्ब, सेयर बजारमा कति?

non life insurance

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा करिब ५४ अर्ब लगानी गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा निर्जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ९१ करोड ९२ लाख रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुले अधिकांश रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ ।’क’ वर्गको वाणिज्य बैंकमा ३७ अर्ब ५९ करोड ९८ लाख रुपैयाँ, ’ख’ वर्गको विकास बैंकमा ५ अर्ब ४९ करोड ३६ लाख रुपैयाँ र ’ग’ वर्गको फाइनान्स कम्पनीहरुमा ८९ करोड ५ लाख रुपैयाँ मुद्धती निक्षेपमा रहेको छ ।

ads

यस्तै कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा ३० करोड ७१ लाख रुपैयाँ र अन्य लगानी अन्तर्गत ६।२१ प्रतिशत अर्थात ३ अर्ब ३४ करोड ८२ लाख रुपैयाँ लगानी गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुको कुल लगानी भएको रकम मध्ये ६ अर्ब २७ करोड ९८ लाख रुपैयाँ शेयर बजारमा भित्रिएको छ । बीमा कम्पनीहरुले गरेको कुल लगानी ५३ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको यो ११.६५ प्रतिशत मात्रै हो ।

निर्जीवन बीमा कम्पनीहरुले सूचीृकत पब्लिक कम्पनीको साधारण शेयरमा २ अर्ब ६२ करोड ८१ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको डिबेन्चरमा एक अर्ब ५१ करोड १८ लाख रुपैयाँ, सरकारको बचतपत्रमा  २३ करोड ५३ लाख रुपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ४१ करोड ९१ लाख रुपैयाँ र ’क’, ’ख’, ’ग’ वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १ अर्ब ४८ करोड ५५ लाख बराबरको रकम शेयर बजारमा लगानी गरेका हुन् ।

Visa Travels