कहिले हुँदैछ सयपत्री हाइड्रोको आइपीओ बाँडफाँड ?

ipo allotment

काठमाडौं । सयपत्री हाईड्रोपावर कम्पनी लिमिटेडको आइपीओ मंगलबार ( साउन २४ गते) बाँडफाँड हुने भएको छ । आज कम्पनीको प्रि अलटमेन्ट सम्पन्न भएसँगै यसको आइपीओ मंगलबार बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआईबिइएलएस क्यापीटलले जनाएको छ । हाइड्रोले साउन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणलाई  साधारण सेयर जारी गरेको थियो। कम्पनीले कुल ७ लाख २९ हजार ६० कित्ता आईपिओ निष्काशन गरेको थियो । आइपीओमा माग भन्दा २५.७१ गुणा बढी आवेदन परेको छ। यसको आइपीओ गोलाप्रथाबाट विधिबाट बाँडफाड गरिनेछ ।

ads
Visa Travels