माउन्टेन हाइड्रोको खुद नाफा ६७७.७३ प्रतिशतले बृद्धि, प्रति सेयर आम्दानी कति?

mountain hydro nepal

माउन्टेन हाइड्रो नेपालले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा १४ करोड ४७ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा १ करोड ८६ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा ६७७.७३ प्रतिशतले बृद्धि भएको छ

यस अवधिमा विद्युत विक्री आय ६० करोड ८१ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५३ करोड २५ रहेको थियो ।

ads

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड रहेको छ भने जगेडाकोष ४२ लाख २८ हजार रहेको छ।

कम्पनीको प्रति सेयर आम्दानी रु ११.५८ रुपैयाँ र नेटवर्थ रु १००.३४ रुपैयाँ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात २३।४९गुणा रहेको छ ।

Visa Travels