मुक्तिनाथ कृषि कम्पनीले गर्यो एकैसाथ ८ सहायक कम्पनीको उद्घाटन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले एकैसाथ ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको छ । कम्पनीले आफ्नो चौथो स्थापनाको अवसर पारेर ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको हो ।

कम्पनीले  एकैपटक मुक्तिनाथ सिड बैक लि., मुक्तिनाथ फर्टिलाईजर बैक लि., मुक्तिनाथ नर्सरी बैड लि., मुक्तिनाथ लाईभस्टक बक लि., मुक्तिनाथ हर्बल बैक लि., मुक्तिनाथ फूड बैक लि., मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी लि. र मुक्तिनाथ ट्रेडिङ लि. गरी ८ वटा सहायक कम्पनीहरुको औपचारिक उद्घाटन गरेको हो।

ads

कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरुमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत, र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार बिउ बैंकले गुणस्तरीय बीउ प्रवर्द्धन, मल बैंकले मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंकले जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरु उपलब्धता, लाइभस्टक बैंकले पशुपन्छिजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्वल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको सम्वृद्धिको लागि, मेशिनरी कम्पनी नेपाल उपयोगि औजारउपकरण उत्पादन र ट्रेड्रिन कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामाग्रिहरुको वितरणका कार्यहरु गर्नेछन् ।

देशको कुल ग्राहस्थ उत्पादनमा सवैभन्दा ठुलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तिय र गैरवित्तिय सेवाहरु प्रदान गरी कृषि चक्र  बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।

मुक्तिनाथ कृषि कम्पनी आइपिओ जारी गर्ने तयारीमा रहेको छ । कम्पनीले फागुन २० गते आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले आईपिओ निष्काशन गर्नको लागि मेगा क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

Visa Travels