‘माई पे’ले सार्वजनिक गर्याे माई पे क्वाइन, क्वाइनको प्रयोग गरेर कारोबार गर्न सकिने

काठमाडौं । माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा ‘माई पे क्वाइन’ सार्वजनिक गरेको छ । यसले १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको हो । यसको हरेक कारोबारमा क्वाइनको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

यससँगै माई पे प्रयोगकर्ताले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म, टेलिभिजको बिल भुक्तानीमा २ प्रतिशतसम्म, इन्टरनेटको बिल भुक्तानीमा २ प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङ गर्दा सबैभन्दा धेरै पैसा रिटर्नको अफरहरुसमेत निरन्तरता दिएको जनाएको छ । यसरी फिर्ता आउने रकममा नगद र क्वाइन गरी दुई भागमा बाँढिएको माई पेको भनाइ छ।

ads

कम्पनीका अनुसार कारोबार गर्दा प्राप्त क्वाइनको प्रयोग गरेर ग्राहकहरुले त्यसपछिको जुनसुकै कारोबारमा पनि यसको प्रयोग गर्न सक्नेछन् । उदाहरणका लागि मानौँ तपाइँको पहिलो कारोबारबाट २० क्वाइन जम्मा भएको छ। अब तपाइँले अर्को कारोबारका रुपमा रु. १ हजारको कुनै इन्टरनेटको बिल भुक्तानी गर्नुभयो। अब तपाइँले बिल भुक्तानी गर्दा तपाइँको माई पे वालेटमा तीनवटा विकल्प देखाउँछ।

पहिलो विकल्प छनौट गर्दा तपाइँको वालेटमा भएको ब्यालेन्सबाट कारोबार हुन्छ भने दोस्रो विकल्पका रुपमा तपाइँले वालेटमा बैंक लिंक गर्नुभएको छ भने बैंक खाताबाट सिधै रकम भुक्तानी गर्न सकिने विकल्प देखिन्छ। तेस्रो विकल्पका रुपमा तपाइँले ब्यालेन्स र माई पे क्वाइनलाई मिलाएर कारोबार गर्न सक्नुहुन्छ। जस्तो रु. १ हजारको बिल तिर्दा तपाइँले रु. ९८० तपाइँको बालेटमा भएको रुपैयाँबाट र रु. २० नगद नभई माई पे क्वाइनबाट भुक्तानी गर्न सक्नुहुन्छ। यस भुक्तानीपछि पनि तपाइँले क्यास रिफन्डका रुपमा नगद र माई पे क्वाइन प्राप्त गर्न सक्नुहुनेछ र उक्त क्वाइनहरु निरन्तर प्रयोग गर्दै जान सकिने माई पेले जनाएको छ ।

Visa Travels