विद्युत प्राधिकरणकोको नाफामा उल्लेख्य वृद्धि, विद्युत चुहावट पनि घट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफामा करिब १६४ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणले गत आर्थिक २०७८/७९ वर्षमा प्राधिकरणले १६ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा ६ अर्ब १० करोड खुद नाफामा सीमित भएको

प्राधिकरणले प्राधिकरणको आव २०७८/ ७९को वित्तीय विवरण (अपरिष्कृत) अनुसार वार्षिक आम्दानी एक खर्ब रुपैयाँ नाघेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

ads

आर्थिक वर्ष २०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । प्राधिकरणले विद्युत बिक्रीबाट ८८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । विद्युत् चुहावट १५.३८ प्रतिशतमा झरेको छ ।

आव २०७८/७९ मा भारतर्फको विद्युत निर्यात बढेको छ भने आयात घटेको छ । आव २०७७/७८ मा ४ करोड ४० लाख युनिट विद्युत निर्यात भएकोमा आव २०७८/७९ मा ४९ करोड ३० लाख युनिट निर्यात भएको छ । विद्युत निर्यातबाट प्राधिकरणले ३ अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ ।

अघिल्लो वर्षको तुलनामा आव २०७८/७९ मा आन्तरिक विद्युत खपत २१.२८ प्रतिशतले बृद्धि हुँदा समेत प्राधिकरण विद्युत आयातलाई घटाउन सफल भएको छ ।
आव २०७७/७८ मा २१ अर्ब ८२ करोड रुपैयाँको विद्युत आयात भएको थियो । आव २०७८/७९ मा आयात घटेर १५ अर्ब ४५ करोड रुपैयाँमा झरेको छ ।

Visa Travels