नेपाल पुनर्बीमा कम्पनीको कुल बीमा शुल्क ८ अर्ब ७८ करोड, नाफा कति?

Nepal re insurance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०७८र७९ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले तेश्रो त्रैमाससम्ममा निर्जीवन तर्फ ६० करोड २१ लाख खुद नाफा गरेको छ भने जीवन बीमा तर्फ भने २ करोड ९७ लाख नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्ष ७७र७८ को तेश्रो त्रैमाससम्म कम्पनीले निर्जीवन बीमा तर्फ ८२ करोड ४७ लाख खुद नाफा अर्जान गर्दा जीवन बीमा तर्फ १० करोड १० लाख खुद नाफा आर्जन गरेको थियो ।

ads

तेश्रो त्रैमाससम्म कम्पनीले ८ अर्ब ७८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । तुलनाको अवधिमा यो करिव २९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेश्रो त्रैमाससम्म ६ अर्ब ८१ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क निर्जीवन तर्फ ६ अर्ब ५३ करोड खुद र जीवन बीमा तर्फ १ अर्ब ३२ करोड रहेको छ ।

कम्पनीको चुक्ता पूँजी ११ अर्ब ६५ करोड रहेको छ । जगेडाकोष निर्जीवन तर्फ ३ अर्ब ९१ करोड हुँदा जीवन बीमा तर्फ ५९ करोड ५ लाख जगेडामा रहेको छ । त्यस्तै निर्जीवन तर्फ बीमा कोषमा २ अर्ब ५४ करोड रहेको छ ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा छ भने नेटवर्थ १६० रुपैयाँ ५१ पैसा छ ।

Visa Travels