कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
बैंकले यस त्रैमासमा ६३ करोड ९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक को सोही अवदीमा ५९ करोड ८१ आर्जन गरेको थियो । वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ५.४८ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १९ करोड ८६ लाख रहेको छ ।
बैंकले ४६ अर्ब २६ करोड निक्षेप संकलन गरेर ४२ अर्ब ५१ करोड कर्जा विस्तार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३३ अर्ब २० करोड निक्षेप संकलन गरेर ३८ अर्ब ५८ करोड कर्जा विस्तार गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी १ अर्ब ९५ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५३ करोड रहेको थियो । त्यसैगरी सञ्चालन मुनाफा ९० करोड १३ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ८६ करोड ३ लाख रहेको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १४ करोड रहेको छ । जगेडा कोषमा १ अर्ब ५ करोड रहेको छ भने कम्पनीको संचित नाफा १९ करोड ८६ लाख रहेको छ ।
बैंकको निष्कृय कर्जा अनुपात २.४५ प्रतिशत रहेको छ गत आर्थिक वर्षमा १.५० प्रतिशत रहेको थियो । त्यसै गरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.२८ प्रतिशत, कोषकोलागत ८.८५ प्रतिशत र सिडि रेसियो ८८.४८ प्रतिशत रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी २०.०८ रहेको छ भने गत आर्थिक वर्षमा २२.५६ रहेको थियो । त्यसैगरी नेटवर्थ रु १४०.०३ रहेको छ भने मुल्य आम्दानी अनुपात १७.४३ गुणा रहेको छ ।