बुटवल पावरको विद्युत बिक्री आम्दानी ७७ करोड ५० लाख, खुद नाफा कति?

Butwal power company

बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा विद्युत विक्री आय ७७ करोड ५० लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ६४ करोड ६१ रहेको थियो । यसअवधिमा विद्युत बिक्री आम्दानी १९.९५ प्रतिशतले बृद्धि भएको छ ।

यस त्रैमासमा २६ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा ५० करोड १८ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा ४७.४० प्रतिशतले घटेको छ ।

ads

यस अवधिमा कम्पनीको विद्युत उत्पादन खर्च २९ करोड ५३ लाख, वितरण खर्च १३ करोड ३६ लाख, प्रशासनिक खर्च १३ करोड ६२ लाख खर्च गरेको छ । अघिल्लो आवको तुलनामा खर्च विद्युत बिक्री आम्दानी बढेसँगै खर्च बृद्धि हुँदा नाफा प्रभावित भएको हो ।

हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब २४ करोड रहेको छ भने जगेडाकोष ३ अर्ब ७४ करोड रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ८.१३ रुपैयाँ रहेको छ भने गत वर्ष १७ रुपैयाँ रहेको थियो । त्यसैगरी नेटवर्थ रु २१५.५० रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात ३९.६१ गुणा रहेको छ ।

Visa Travels