nrb

काठमाण्डौ । वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुबाट जारी हुने डलर प्रिपेड कार्डबाट मर्चेन्ट क्याटेगोरी कोडमा भुक्तानी नहुने भएको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकहरुबाट जारी हुने डलर प्रिपेड कार्डबाट हुने भुक्तानीका सम्बन्धमा थप व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार अब वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुलाई विभिन्न मर्चेन्ट क्याटेगोरी कोड (एमसीसी)हरुमा उक्त कार्डबाट भुक्तानी नहुने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ। जसअनुसार अब एमसीसी ४८२९, ५९६०, ५९७२, ६०१०, ६०११, ६०१२, ६०५१, ६३००, ६५१३, ६५३४, ६५४०, ७२७३, ७८०१, ७८०२, ७९९५, ८६५१ र ८६६१ भएका कार्डबाट बैंकहरुले भुक्तानी गर्न पाउने छैनन्।

यसैगरी केन्द्रीय बैंकले एकीकृत परिपत्र–२०७८ को एकीकृत इ.प्रा. परिपत्रः १४/२०७८ को दफा ७ को सर्त नं. १२ अन्तर्गतको विवरण पेस गर्ने ढाँचामा पनि संशोधन गरेको छ।

Visa Travels