राधी विद्युत कम्पनी लिमिटेडको सेयर मुल्य हकप्रद जारी प्रयोजनको लागि समायोजन भएको छ । कम्पनीको सेयर मुल्य १४७.५२ प्रतिशत हकप्रद सेयरको लागि समायोजन गरेको हो ।
समायोजन पछि राधी विद्युत कम्पनीको सेयर मुल्य २८१.४० रुपैयाँ कायम भएको छ । आजको अन्तिम कारोबार मुल्य ५४९ रुपैयाँबाट समायोजन गरेको हो ।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरको ९५ लाख ३५ हजार ७६०।९९ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । आजसम्म कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।