आज सेयर बजार बन्द रहने

nepse

काठमाडौं । आज (शुक्रबार) सेयर बजार बन्द रहने भएको छ । आज रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ ।

यस साता ५ दिन मात्र कारोबार भएको सेयर बजार लगातार चार दिन घटेर बन्द भयो । गत सोमवारदेखि घटेको नेप्से परिसूचक बिहीवार पनि घटेर बन्द भएको हो । यस साताको कारोबार २०३७.९२ बिन्दुमा रोकिएको छ ।

ads
Visa Travels