सोल्टी होटलको खुद नाफा ३० करोड १६ लाख, प्रति सेयर आम्दानी कति?

सोल्टी होटल लिमिटेडले गत आर्थिक वर्ष २०७८– ७९ को चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

यस अवधिमा कम्पनीले ३० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको २२ करोड ४९ लाख घाटामा रहेको थियो।

ads

यस अवधिमा कम्पनीले १ अर्ब ३७ करोड १५ लाख आम्दानी गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड ३९ लाख व्यापार गरेको थियो । यस अवधिमा कम्पनीको कुल संचालन खर्च १ अर्ब ५ करोड रहेको छ ।

चुक्ता पूँजी ८४ करोड २५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८९ करोड १२ लाख रुपैयाँ रहेको छ
जम्मा भएको छ गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जगेडामा ६७ करोड ५ लाख रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ३.५८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २०.५८ रुपैयाँ रहेको छ।

Visa Travels