श्वेत-गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निष्काशन गरेको आइपिओ बुधबार विहान बाँडफाँड हुने भएको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिलका अनुसार आइपिओ बाँडफाँड बुधबार (साउन १८ गते) विहान ९ बजे हुनेछ । बाँडफाँड कार्यक्रम सानिमा क्यापिटलको कार्यलयमा हुनेछ ।

सिडीएससीका अनुसार अन्तिम सम्ममा यस आइपिओमा कुल १६ लाख ३ हजार ७७२ जनाले १८ करोड २३ लाख ८ हजार २७० कित्ता सेयरको लागि आवेदन दिएका छन् । जुन माग भन्दा ८।०३ गुणा बढीको आवेदन हो ।

कम्पनीले साउन ४ देखि ८ गते सम्म प्रति कित्ता १०० रुपैयाँको दरले २३ लाख ८९ हजार ५ सय कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी बाँकी रहने २२ लाख ७० हजार २५ कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको थियो ।

यस कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Visa Travels