अधिकांश लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन् । जसमध्ये चार थोक लघुवित्त फस्र्ट माइक्रोफाइनान्स, साना किसान विकास लघुवित्त, आरएसडिसी लघुवित्त र आरएमडिसी लघुवित्तले पनि आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी नै चार थोक लघुवित्तलाई गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरणको आधारमा गरेको तुलनात्मक अध्ययन:
चुक्ता पूँजीः
आरएमडिसी लघुवित्त र साना किसान विकास लघुवित्तको चुक्तापूँजी १ अर्ब बढी रहेको छ । चुक्तापुँजी सबैभन्दा बढी साना किसान लघुवित्त १ अर्ब ५६ करोड रहेको छ भने आरएमडिसीको १ अर्ब २४ करोड रहेको छ । त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सकोे ९६ करोड ४४ लाख रहेको छ भने आरएसडिसीको ८० करोड ५१ लाख रहेको छ ।
संचित नाफाः
संचित नाफामा आरएमडिसी लघुवित्त अघि देखिन्छ । यस लघुवित्तको संचित नाफा १ अर्ब ५ करोड रहेको छ । त्यसैगरी साना किसान विकास लघुवित्तको ८९ करोड ८० लाख रहेको छ ।
जगेडा कोष:
जगेडा कोषमा साना किसान लघुवित्त अघि रहेको छ । साना किसानको १ अर्ब ६८ लाख जगेडा रहेको छ भने आरएमडिसीको १ अर्ब ३ करोड रहेको छ । त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सको २१ करोड जेगडा रहेकोभने आरएसडिसीको ९ करोड ५० लाख रहेको छ ।
कर्जा विस्तारः
कर्जा विस्तारमा पनि साना किसान अघि रहेको छ । साना किसान लघुवित्तले २९ अर्ब ११ करोड कर्जा विस्तार गरेको छ ।
खुद नाफाः
साना किसानले ७० करोड ८३ लाख खुद नाफा आर्जन गरेको छ । त्यसैगरी आरएमडिसीले ३५ करोड ४९ लाख, फर्स्ट माइक्रोफाइनान्सले २६करोड ८८ लाख र आरएसडिसीले १३ करोड ५२ लाख नाफा अर्जान गरेको छ। खुद नाफामो आधारमा साना किसान अघि रहेको छ ।
प्रति शेयर आम्दानीः
प्रति शेयर आम्दानीको आधारमा साना किसान लघुवित्त अघि छ। साना किसानको ४५.५८ रुपैयाँ रहेको छ भने आरएमडिसीको ईपीएस २८.६० रुपैयाँ रहेको छ। त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सको २७.८८ रुपैयाँ र आरएसडिसीको १६.७९ रुपैयाँ रहेको छ ।
वितरणयोग्य नाफाः
चौथो त्रैमास सम्ममा वितरणयोग्य मुनाफाको आधारमा आरएमडिसी लघुवित्तको धेरै छ । आरएमडिसीको ४४ करोड ५५ लाख रहेको छ भने सानाविकास लघुवित्तको ४३ करोड ८८ लाख रहेको छ । त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सको २० करोड ९५ लाख रहेको छ भने आरएसडिसीको १० करोड ५८ लाख रहेको छ ।
प्रति सेयर नेटवर्थ
नेटवर्थको आधारमा आरएमडिसी लघुवित्त अघि रहेको छ । आरएमडिसी लघुवित्तको नेटवर्थ २६८.१८ रुपैयाँ रहेको छ भने साना किसानको २६६.०८ रुपैयाँ रहेको छ । त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सको १४५.६९ रुपैयाँ रहेको छ भने आरएसडिसीको १२६ रुपैयाँ रहेको छ ।
५० लघुवित्तले कमायो १० अर्ब माथि, नाफामा छिमेक लघुवित्त र ईपीएसमा महिला लघुवित्त पहिलो