annual general meeting

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असोज ९ गते अकामा होटेल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ ।

Visa Travels