एशियन लाइफको साधारणसभा सम्पन्न, १५.२६ प्रतिशत लाभांश पारित

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा बारा जिल्लाको होटल क्लासिक सिमरामा असोज १३ गते सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ बाट प्रस्तावित १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

ads

यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक र सर्वसाधारण शेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१:४९ कायम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि असोज ४ गते बुक क्लोज गरेको थियो । त्यस अनुसार असोज ३ गतेसम्म कायम शेयरधनीलाई मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

Visa Travels