काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनले १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक वार्षिक साधारणसभा आउँदो कात्तिक ४ गते सम्पन्न हुने भएको छ। सभा काठमाण्डौको डिल्लीबजार स्थित अमृतभोगमा बिहान ११ बजेबाट हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव ९ प्रतिशत नगद लाभांश (लाभांश करसहित) अनुमोदन गर्नेछ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्र्रस्ताव पनि अनुमोदन गर्नेछ।
साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात साबि पुँजी संरचना ५१ः४९ परिवर्तन भई कायम भएको पुँजी संरचना ५१.०७ः४८.९३ (संस्थापक सेयरधनीहरुले धारण गरेको जम्मा सेयर साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि बैंकले असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज २७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।