सिटिजन्स बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस तथा नगद कति?

citizen bank international

सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ।

कम्पनीको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ कराड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

ads

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

हाल बैंकको चुक्तापुँजी रु। १४ अर्ब २० करोड रहेको छ ।

सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १४ लाख ७० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Visa Travels