‘दराज दसैँ धमाका’ घोषणा : ७०%सम्म मेगा डिल र बम्पर उपहारमा NIU NQI स्कुटर

काठमाण्डौ ।  नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज दसैँ धमाका’ अभियानको घोषणा गरेको छ।

यो अभियान भदौ २९ बाट (१४ सेप्टेम्बर २०२२) बाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका मुख्य विशेषताहरूमा ७०% सम्मको मेगा डिल, नि:शुल्क शिपिंग, रु.२५०० सम्मको प्रीपेमेन्ट छुट, रु. १०,००० सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा NIU NQI इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ।

ads

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५% (अधिकतम रु. २०००) र क्रेडिट कार्ड मार्फत २०% (अधिकतम रु. २५००) सम्मको छुट पाउन सक्नेछन्।

विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्। साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन्। यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५% (अधिकतम रु. १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन्।

विगतमा जस्तै, दसैँ धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन्: अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२। सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु.१ फिर्ता गरिनेछ।

दराज दसैँ धमाकामा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूबाट विशेष डिल र छुटहरू उपलब्ध हुनेछ भने ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्। अभियानका लागि डायमण्ड पार्ट्नर्समा रोहटो, गोल्डस्टार, एमआई र क्यूएनयू छन् भने प्लेटिनम पार्ट्नर्स साझेदारहरूमा वाओ, आमय्रा फेशन हाउस, सिजी डिजीटल, फिलिप्स, एडिडास फ्याक्ट्री आउटलेट र कडेन्स नेपाल पर्दछन्। र अन्तमा, गोल्ड पार्टनरहरूमा जुआस, मामाअर्थ, अमेजफिट, मसाला बिड्स, कन्भर्स, न्यू ब्यालेन्स, लोट्टो स्पोर्ट्स नेपाल र वन प्लस समावेश छन्।

Visa Travels