काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा देखिएको वृद्धि असोजको पहिलो साता पनि कायमै रहेको छ । नेपाल बैंकर्स संघका अनुसार असोज पहिलो साता वाणिज्य बैंकहरूको निक्षेप २६ अर्ब १४ करोड रुपैयाँले बढेको छ । भदौ मसान्तसम्ममा बैंकहरूमा कुल ४४ खर्ब ८५ अर्ब ५१ करोड रुपैयाँ निक्षेप रहेकोमा असोज ७ गतेसम्ममा बढेर ४५ खर्ब ११ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

बैंकहरूले शुरू गरेको लामो अवधिको मुद्दती निक्षेप योजना, असोजमा भएको ब्याजदर वृद्धि तथा रेमिट्यान्स बढेसँगै बैंकहरूको निक्षेपमा लगातार वृद्धि भएको हो ।

चालू आर्थिक वर्षमा भदौको पहिलो सातासम्म निक्षेप निरन्तर घटेको थियो । भदौ दोस्रो सातायता भने लगातार बढिरहेको छ । भदौ महीनाभरिमा बैंकहरूको निक्षेप ५२ अर्ब रुपैयाँले वृद्धि भएको संघले जानकारी दिएको छ ।

Visa Travels