भदौमा बैंकहरुको निक्षेप ५२ अर्बले बढ्यो, निक्षेपमा राष्ट्रिय वाणिज्य बैंक, कर्जामा एनआईसी एशिया पहिलो

nepal banker association

भदौ महिनामा बैंकहरुको निक्षेप ५२ अर्ब १५ करोड रुपैयाँलेबढेको छ। नेपाल बैंकर्स एशोशियसनको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले भदौ महिनासम्म पौने ४५ खर्ब निक्षेप संकलन गरेका हुन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । एक महिनाको अन्तरालमा बैंकहरुको निक्षेप ५२ अर्ब १५ अर्ब निक्षेप थपिएको छ ।

भदौ महिनामा २० वाणिज्य बैंकको निक्षेप बढेको छ भने ५ बैंकको निक्षेप घटेको छ। राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १५ अर्ब रुपैयाँले बढेको छ भने सानिमा बैंकको ३ अर्बभन्दा धेरैले घटेको छ।

ads

भदौमा बैंकहरुको कर्जा १३ अर्ब ७५ करोड रुपैयाँले बढेको छ। जसमा १७ बैंकको कर्जा बढेको छ भने ९ बैंकको कर्जा लगानी घटेको छ। भदौमा एनआइसी एशिया बैंकले कर्जा लगानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाएको छ भने सेञ्चुरी बै‌ंकले ५ अर्ब ५६ करोड रुपैयाँले घटेको छ।

Visa Travels