एभरेष्ट बैंकको १०.५०% ब्याज पाइने ऋणपत्र नेप्सेमा सूचीकृत

everest bank

काठमाण्डौ । एभरेष्ट बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

नेप्सेमा एभरेष्ट बैंकको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्र सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ सूचीकृत भएको छ।

ads

यस ६ वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताहरुले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।

Visa Travels