Global IME Bank

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दति योजना’ सार्वजनिक गरेको छ।

यस मुद्दति निक्षेप योजना अन्तर्गत ग्राहकको मुद्दति निक्षेप २ वर्षमै दोब्बर हुनेछ। यस मुद्दति निक्षेप खाता खोल्नका लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ। २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ।

यस योजनामा सहभागिताका लागि न्यूनतम मौज्दात रु। १० हजार रहेको छ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ९० शाखा, २७३ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

Visa Travels