गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, के-के छन् एजेण्डा ?

Gurans life insurance

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले १२औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले उक्त सभा कार्तिक ४ गते कम्पनीको प्रधान कार्यालय राजभवन, तिनकुने काठमाडौंमा विहान ११ बजे भौतिक तथा जुम मार्फत हुनेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७ दशमलव ४४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ० दशमलव ३९१७१ प्रतिशत नगद लाभांशको प्रस्तावलाई अनुमोदन गर्नेछ ।

ads

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण र त्यस सम्बन्धीका अनुसूचिहरु छलफल गरी पारीत गर्नेछ ।

त्यस्तै, सभाले आर्थिाक वर्ष २०७७ /७८ को लागि लेखा परीक्षक नियुक्ति र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले यस कम्पनी यूनियन लाइफ, प्राइम लाइफ एक आपसमा गाभ्ने गाभिने सम्बन्धयमा मर्जर समितिबाट पेश हुन आएकोमा प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गर्ने र मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गर्नेछ ।

त्यसैगरी कम्पनी एक आपसमा भाभ्ने गाभिने सम्बन्धमा सभाले मर्जर कार्यका लागि सम्पुर्ण अख्तियारी संचालक समितिलाई जिम्मा दिने प्रस्ताव पारित गर्नेछ ।

Visa Travels