काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हकप्रद निष्काशन प्रक्रियाको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ।

कम्पनी र क्यापिटलबीच निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा हिमाल दोलखा हाइड्रोपावरका अध्यक्ष रन्जना दाहाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका छन्।

काठमाण्डौमा रजिस्टर्ड कार्यालय रहेको हिमाल दोलखा हाइड्रोपावरको हालको चुक्तापुँजी १ अर्ब ६० करोड रुपैयाँको ७५ प्रतिशत हकप्रद जारी गर्नेछ । कम्पनीले ७५ प्रतिशत अर्थात् १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका–९ र १० मा माईखोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका–९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइड्रोपावर सञ्चालन गरेको छ।

 

Visa Travels