हिमालयन रि-इन्स्योरेन्सको नाफा २७ करोडभन्दा बढी, अन्य सूचक कस्ता छन् ?

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वाजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्ष ७८/७९ मा २७ करोड ८२ लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । अघिल्लो त्रैमासिकको अन्त्यसम्म यस्तो नाफा १९ करोड ६४ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्ष कम्पनीले ८६ करोड ८७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ७७ करोड १७ लाख कुल बीमा शुल्क आर्जन गरेको छ ।

ads

७ अर्ब चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा १२ करोड ५१ लाख रहेको छ । हिमालयन रि-इन्स्योरेन्स नेपालको दोश्रो पुनर्बीमा कम्पनी हो ।

Visa Travels