आइएमई पेसँग डिजिटल दसैँ-तिहारः आइएमई पे मार्फत भुक्तानी गर्दा लाखौंँको उपहार

काठमाण्डौ । महान चाड दसैँ, तिहार तथा छठका अवसरमा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई पेले पहिलोपटक भव्य स्तरमा आइएमई पे डिजिटल दसैँ–तिहार २०७९ अफर सार्वजनिक गरेको छ। यो अफर २०७९ साला असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म जम्मा ४६ दिनसम्म कायम हुनेछ।

नेपालको अनलाइन सपिङ साइट दराजसँगको सहकार्यमा सार्वजनिक गरेको यस अफरमा आइएमई पेमार्फत अफर अवधिभरि कुनै पनि भुक्तानी गर्दा दैनिकमा सामसुङको स्मार्टफोन, गोल्डस्टारको जुत्ता तथा डिशहोमको २०० एमबीपीएसको १ वर्षे फाइबरनेटका अतिरिक्त आईटीभीको प्याकेज, दराजको हजारौँ भाउचर कोडदेखि लिएर १ जना भाग्यशाली विजेतालाई चन्द्रागिरि केबलकारको लाइफटाइम एक्सेस र दुईजना भाग्यशाली विजेतालाई बम्परमा राफ्ट मोटर्सको वारिअर ई–स्कुटर पनि उपहारस्वरुप प्रदान गरिनेछ।

ads

आइएमई पे मोबाइल वालेटमार्फत डिजिटल भुक्तानी सुविधालाई ग्राहकमाझ अझ बढावा दिन यस महाअफरमार्फत आइएमई पेबाट विभिन्न भुक्तानी गरेबापत पनि उपहारहरु प्रदान गरिनेछ।

अफर अवधिभरि आइएमई पेबाट क्यूआर भुक्तानी गर्ने ५ जना भाग्यशाली विजेताले सामसुङ स्मार्टवाच ४ (प्रति), मोबाइल रिचार्ज गर्ने १ जना भाग्यशाली विजेताले एप्पल म्याक्बुक एयर १३.६ एमटु, हवाइ टिकट काट्ने २ जना भाग्यशाली विजेताले १ तोला २४ क्यारेट सुन (प्रति), आइएमई पेमा बैंकको खाता लिङ्क गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ ग्यालेक्सी ट्याब एस सेवेन+ (प्रति) र आइएमई पेको भिसा कार्डबाट भुक्तानी गर्ने २ जना भाग्यशाली विजेताले सामसुङ स्मार्ट टिभि (५५ इन्च, प्रति) पाउनुहुनेछ।

चाडपर्वकै अवसर पारी आइएमई पेमार्फत क्रिस्टल डाइग्नोस्टिक, सिनामंगलमा भुक्तानी गर्दा प्रयोगकर्ताले १५% छुट र हिमाल डेन्टलमा १५% छुट पनि प्राप्त गर्न सक्नेछन्। यसका साथै आइएमई पेका प्रयोगकर्ताले आइएमई पे एपमा कुनै पनि कारोबार गरेको आर्थिक विवरण हिमाल डेन्टलमा देखाएमा निःशुल्क ओपीडी चेक–अप पनि पाउनेछन्।

दैनिक उपहारको विजेताहरुको घोषणा हरेक हप्तामा एकपटक सामाजिक सञ्जालमार्फत हुनेछ भने अरु सबै उपहारहरुको विजेताको घोषणा अफर अवधिपश्चात सामाजिक सञ्जालमा तथा कम्पनीका लागि सम्भावित कुनै पनि माध्यममार्फत हुनेछ। सम्पूर्ण विजेताहरुले अफर अवधिको अन्त्यमा मात्रै उपहारहरु प्राप्त गर्नेछन्।

उपहारका लागि योग्य हुन प्रयोगकर्ताले मुख्यतः आइएमई पे एपमा आफ्नो केवाईसी प्रमाणित गर्नुपर्ने नियम कम्पनीले स्पष्टाएको छ। यसका साथै आइएमई पे एपमा क्यास–इन र क्यास–आउटबाहेक अरु सम्पूर्ण भुक्तानीमा उपहार जित्न मिल्ने नियम रखिएको छ । यस अफरसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरु आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट  विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफँैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्क्यान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकको पनि सुबिधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ।

Visa Travels