निक्षेप खोसिने डरले बैंकहरुले धमाधम दोर्याएर सार्वजनिक गर्न थाले ब्याजदर

काठमाडौं । बैंकहरुले धमाधम दोर्याएर ब्याजदर सार्वजनिक गर्न थालेका छन् । असोजको लागि केही बैंकहरुले ब्यजादर सार्वजनिक गर्दा दशमलवपछि ३ अंक राखेर सार्वजनिक गरेसँगै अहिले अधिकांश बैंकहरुले पनि उक्त ब्याजदरलाई अनुसरण गर्दै दोर्याएर ब्याजदर सार्वजनिक गरेका हुन् ।

बुधबार आधा दर्जन बढी बैंकले दोर्याएर ब्याजदर प्रकाशित गरेका छन्। बुधबार लक्ष्मी, प्रभु, सिभिल, मेगा, स्ट्यान्डर्ड चाटर्ड, हिमालयन, लगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्।

ads

गत भदौ ३१ मा धेरै बैंकले मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरे तर केहि बैंकले भने दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरेका थिए । जसअनुसार केही बैंकले १२.१३३ प्रतिशत ब्याजदर कायम गरेका थिए ।

केही बैंकले ब्याजदर निर्धारणमा चलाखी गरेसँगै निक्षेप खोसिने डरमा अहिले बैंकहरुले धमाधम दशमलवपछि ३ अंक राख्दै ब्याजदर सार्वजनिक गरेका हुन् । गत सोमबार र मंगलबार पनि केहि बैंकले दोर्याएर ब्याजदर सम्बन्धी सूचना प्रकाशित गरिसकेका छन्।

Visa Travels