सोपान फर्मास्युटिकल्सले १४ लाख कित्ता आईपीओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १४ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ ।

ads

यसका लागि मंगलबार दुवै पक्षबीच सम्झौता भएको छ । सम्झौतापत्रमा सोपान फर्मास्युटिकल्सका सीईओ सुमन न्यौपाने र एनएमबि क्यापिटलका सीईओ दिपेशकुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि आईपीओ निष्काशन गर्नेछ ।

Visa Travels