मन्दाकिनी हाइड्रोपावारको खुद नाफा ९२.१७ प्रतिशतले बृद्धि

mandakini hydropower

मन्दाकिनी हाइड्रोपावारले आर्थिक वर्ष २०७८–७९ को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा २ करोड ९० लाख खुद नाफा आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवदीमा १ करोड ५१ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा ९२.१७ प्रतिशतले बृद्धि भएको छ ।

यस अवधिमा विद्युत विक्री आम्दानी ११ करोड ३६ लाख रहेको छ भने अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ६५ रहेको थियो । यसअवधिमा विद्युत बिक्री आम्दानी १७.७२ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै अन्य आम्दानी १७ लाख ९० हजार रहेको छ ।

ads

यस अवधिमा कम्पनीले प्रशासनिक खर्च बापत ४९ लाख ६९ हजार र वित्तीय खर्च २ करोड ९६ लाख खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ४७ करोड ६३ लाख रहेको छ भने जगेडाकोष ३ करोड ७५ लाख रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी रु ७.३१ रुपैयाँ रहेको छ भने नेटवर्थ रु १०७.८८ रुपैयाँ रहेको छ ।

Visa Travels