आजबाट दर्ता नभएका मोबाइल नचल्ने, दर्ता छ कि छैन कसरी थाहा पाउने ?

आजबाट नेपालमा दर्ता नभएका मोबाइल नचल्ने भएका छ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) प्रणाली लागु गर्ने निर्णय गरेसँगै दर्ता नभएका मोबाइल नेपालमा नचल्ने भएका हुन्।

मोबाइल सेटको गैरकानूनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न  प्राधिकरणले यो प्रणाली लागू गरेको हो ।

ads

प्राधिकरणका अनुसार २०७९ भाद्र ३० गते सम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत  २०७९ भाद्र ३० गते  मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरू स्वतः एमडिएमएस प्रणालीमा दर्ता हुने व्यवस्था मिलाईएको छ ।  २०७९ भाद्र ३० पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्न प्राधिकरणले आग्रह गरेको छ ।

साथै मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितिरण गर्न अनुरोध गरेको छ ।

आधिकारिक नेपाली व्यवसायीमार्फत खरिद गरिएका फोनहरु भने व्यवसायीले नै दर्ता गरेर ल्याउने भएकाले नेपालमा किनेका फोनहरु दर्ता गर्न नपर्ने प्राधिकरणले जनाएको छ । तर,  विदेशी बजारबाट एउटा, दुईटा किनेर ल्याएका फोनहरु मात्रै दर्ता गर्नुपर्नेछ ।

दर्ता छ कि छैन कसरी थाहा पाउने ?

मोबाइल खरिद गर्नु अघि https://mdms.nta.gov.np/ वेबसाइट बाट सो मोबाइलको आईएमईआई दर्ता भएको छ कि छैन भनेर चेक गरेर सो मोबाइल नेपालमा चल्छ कि चल्दैन थाहा पाउँन सकिन्छ । आफ्नो मोबाइलको आईएमईआई नम्बर थाहा पाउन आफ्नो मोबाइलमा ‘ *#06#’ डायल गर्नुपर्छ । २ वटा सिमकार्ड चल्ने मोबाइलमा २ वटा नै आईएमईआई नम्बर देखिन्छ । यदि २ वटा सिमकार्ड लाग्ने मोबाइल छ भने २ वटै आईएमईआई नम्बर दर्ता भएको हुनु पर्छ।

Visa Travels