काठमाडौं । ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ’ भन्ने मूल नारासहित मुक्तिनाथ विकास बैंकले शनिवार बृहत् घरदैलो कार्यक्रम गरेको छ । ग्राहकमा वित्तीय साक्षरता पुर्‍याउन र आफ्ना सेवासुविधाका बारेमा जानकारी तथा खाता खोल्ने सुविधा दिने उद्देश्यले देशभरका सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीद्वारा बृहत् घरदैलो कार्यक्रम सम्पन्न गरिएको बैंकले बताएको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी र संस्थापक शेयरधनीको समेत सहभागिता थियो ।
बैंकले आयोजना गरेको घरदैलो कार्यक्रमले बृहत् उद्देश्य बोकेको छ । मुक्तिनाथ बैंकको सेवासुविधाका बारेमा जानकारी दिने मात्र नभई उक्त कार्यक्रमबाट बैंकिङ साक्षरता बढाउनु कार्यक्रमको मूल उद्देश्य रहेको बताइएको छ ।

यसैगरी यस बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध जुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।

Visa Travels